सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
आमा घरभित्रै खाजा तयार गर्दै थिइन् । छाेरी प्रज्ञा आँगनमा खेल्दै थिई। ऊ आफ्नै धुनमा खेलमा मजा लिंदै थिई । सधैं आँगनमा खेल्न मिल्दैनथ्याे तर त्यसदिन उसका बाबाले गाडी लिएर सहरतिर गएका थिए त्यसैले ऊ खुसी हुँदै सानाे बलसँग आँगनमा रमाउँदै थिई । त्यसैबेला उसकाे गेटमा कसैकाे गाडी राेकिन्छ । उसले बाबा हाे कि भनेर ढाेका खाेल्छे तर त्याे उसकाे बाबा नभएर अर्कै व्यक्ति हुन्छ । उसले प्रज्ञालाई केही साेधेकाे मात्र हुन्छ तर ऊ डराउँछे । उसले आमाले भनेकाे कुरा सम्झन पुग्छे र चर्काे स्वरमा” आमा…….”भनेर चिम्याउँदै छिटाे छिटाे गेट बन्द गर्छे । आमा भित्रबाट दाैडेर आउँछिन् । छाेरी थररर काँमेकाे देख्छिन् । छाेरीलाई समाएर गेट खाेली बाहिर सडकमा हेर्दा याैटा गाडी बेजाेडले तलतिर दगुरेकाे देख्न पुग्छिन् । आमाभित्र अनेक शंका उपशंका उब्जिन्छ । उनले बाटाेतिरै हेर्दै लामाे सास फेर्छिन्।