
गणेश आत्रेय
मदनपोखरा,पाल्पा
सानासाना नानी बाबु।
राख्दैनन् यी मनको काबु॥
खेल्छन् चल्छन् लड्छन् उस्तै।
रिस ईर्ष्यामा डुब्छन् मस्तै॥
खाना नाना रोजी रोजी।
खेलौनामा खोजी खोजी॥
मीठा मीठा रोज मिठाई।
नदिए पार्ने दिक्क रिसाई॥
कहिले हिँड्छन् हात समाती।
डुल्छन् कहिले तल अनि माथि॥
थाक्छन् कहिले सुत्छन् मस्त।
कहिले लड्छन् पार्छन् त्रस्त॥
मोबाइल हो यिनको प्यारो।
नमिले छिनभर तात्दछ पारो॥
टिभी कार्टुन गेम हजार।
कहिले जान्छन् डुल्न बजार॥
कहिले स्कुल कहिले घरमा।
मस्ती गर्छन् छुट्टीभरमा॥
यिनकै पछिपछि बाबु र आमा।
बुवा बुवैमा पार्छन् धामा॥
बेला मौसम साल तालिका।
हाँस्ने खेल्ने बालबालिका॥
गीत कथा होस् काव्य नाटिका।
सबतिर यिनकै भव्य वाटिका॥





