
लालबहादुर भुजेल
अध्यक्ष
चाँगुनारायण साहित्यिक समाज, भक्तपुर
बयासी साल, फागुन महिना,
जघन्य घटना आयो
देश विदेश मिडियामा
इनिसा घटना छायो।
इनिसामाथि बलात्कारी
नरपशु चार
डर, धम्की देखाउँनेलाई
गोलघरमा पार।
तेइस गते फागुनमा
ट्यूसन पढन गइन
बलात्कार र क्रुर हत्या
कुन पापले भइँन् ?
सुर्खेत जिल्ला, बीरेन्द्रनगर
इनिसा बि क को हत्या
कस्तो संस्कार लालन पालन
खोई कसरी मत्या।
शंकास्पद किशोरहरू
छुटाउँने धन्धा,
नाबालक, प्रेमी भनी
सहमतिको गन्ध।
जब तत्काल घटना घट्छ
सबुदप्रमाण गल्छ,
पीडितको हक हितमा
नारा जुलुस चल्छ।
बालबालिका, महिलाको
खोई त बाँच्ने अधिकार,
पक्राउ पर्ने ब्यभिचारी
उन्मुक्तिले मार।
निर्मला पन्त प्रकरण
एघार बर्ष गुड्यो,
कति आए गृहमन्त्री
न्यायको धज्जी उँड्यो।
ढाकछोप र झारा टार्ने
अनुसन्धान भए,
राजनैतिक हस्तक्षेप
गर्ने दिन गए।
स्कुल, कलेज आउँदा जाँदा
होशियारी बन,
साथीसङ्गी, शिक्षक कस्ता
आमा बाउलाई भन।
जीन्दगीको निर्णयमा
पहिल्यै पुर्याउ होश
देशकै कानून फितलो छ
कसलाई दिन्छौ दोष ?
छोरा छोरी समान भन्छन्
अहिले भन्दा खेरी,
जात भात औकात् हेरी
गर्छन् न्याय फेरी।
राजनैतिक हस्तक्षेप
नहोस् अब देशमा,
जन्मकैद वा फाँसी नै होस्
बलात्कारी केसमा।





