सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“बाबा ! अब हामीहरू पाठशाला जानुपर्दैन ?”- केशराले प्रकाशको पिठ्यूँमा झुण्डिदै भनी।
“जानपर्छ छोरी , विद्यालयमा नगएर कसरी ठुलो मानिस बनिन्छ भन त ?”-प्रकाशले छोरीलाई आफ्नो काखमा बसाल्दै भने।
“तर हाम्रो स्कुलमा त अचेल पढाइनै छैन्। बच्चाहरू खेलेर फर्किन्छन् । हाम्रा गुरू बा गुरू आँमा सबै हड्तालमा छन्। उहाँहरू भन्नुहुन्छ जबसम्म नयाँ शिक्षा ऐन लागुहुँदैन हाम्रो हड्ताल जारिरहने छ।”- केशराला मलिन हुँदै भनी।” उहाँहरूको मागहरू मध्यको होलानी छोरी त्यो पनि एउटा। केहि दिनपछि फर्किनुहुन्छ।”-प्रकाशले छोरीलाई सम्झाउँन खोजे।
“हजुरहरूले पढ्नेवेलाको शिक्षा खराब थियो र ?”- पाँच वर्षिय बालिकाको जिज्ञासा थपिंदै थियो।
“मेरो प्यारी छोरी ! हुनसक्छ पुरानो भयोहोला त्यो अहिलेको लागि।”- प्रकाशले भने।
“मत पढेपनि मास्टर बन्दिन”- उसले अँध्यारो मुहार बनाउँदै भनी।
“किन र छोरी?”- प्रकाशले सटिक प्रश्न गरे।
“गुरू भएपछि हड्ताल गर्नुपर्ने रहिछ। हाम्रो गाउँको पाठशालाबाट सबैजसो बालबालिका आर्को स्कुलमा भर्ना भए।पाठशाला नै रित्तिएपछि गुरूहरूको केकाम ?”- केशराले दुखेसो पोखी।
“होर छोरी ?”-प्रकाशले प्रतिप्रश्न राखे। साहेद उनीसँग केसराको प्रश्नको उत्तर थिएन। उनी आफैँ पनि कुनै स्कुलका अध्यापक थिए।