
शिव पुन
साहित्यका एक तारा, कवि भानुभक्त
लेखे उन्ले रामायण, थिए राम भक्त।
घाँसीबाट पाए उन्ले, उपदेश अर्ती
नेपालीमा लेखे उन्ले, रामायण कृति।
हाम्रा गुरु भानुभक्त, उन्का गुरु घाँसी
घरबाट टाढै पढ्न, जान्थे उनी काशी।
ज्ञान भन्दा अझ बढी, घाँसीलाई पुजे
आफु मरि गए पनि, बाँच्छ कृति बुझे।
उनी मरि गए पनि, उन्काे कृति अझै
पढ्दा खेरि रामायण, हाम्रै माझ सधैँ।





