
सरोज कठायत
कक्षा :७
बाल विकास बोर्डिङ हाइ स्कुल, बुढानीलकण्ठ
काठमाण्डौ
जहाँ गए नि प्यारो लाग्छ मलाई आफ्नै गाउँ
हाँसीहाँसी बालापन बिताएको ठाउँ।
माटो पनि बास्ना आउँछ बिहान उठ्दा खेरि
दिल मेरो खुसी हुन्छ वनपाखा हेरी।
नदीहरू कलकल बग्छन् शान्त सुन्दर पारामा
मोहनी लगाउँदै जीवजन्तु सारामा।
स्वच्छ शान्त वातावरण बसौँबसौँ लाग्छ
मेरो गाउँको काखमा बस्ता आलस्य भाग्छ।





