“मेरो सानो भाइ”

184

 

भोलानाथ सुवेदी

बिहान चाडैं उढ्छ मेरो सानो भाइ
हातमुख धुन्छ साबुन लगाइ
खाजा खोज्दै खुरुखुरु भान्सामा जान्छ
आमाले दिएको कपाकप खान्छ


कुल्ला गर्छ खाएपछि धारामा गई
बिहानै एक घण्टा पढ्छ मन लगाइ
किताब कापी जतन गर्छ गाता लगाइ
अक्षर पनि सफा लेख्छ मन लगाइ
सबैलाई आदर गर्छ मेरो सानो भाइ
शनिबार नि स्कुल जान्छु भन्छ जिस्केर
सबैसँग बिदा मागी हिड्छ निस्केर
साथीसँग खेल्न हिड्यो हात हल्लाइ
मभन्दा नि जाँगरिलो बन्छ मेरो भाइ
सफा लुगा लगायो कोठाभित्र गई
हाँस्दै नाच्दै स्कुल गयो मेरो सानो भाइ ।