रक्षावन्धन

प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाण्डौ

“हाम्रो समाज धार्मिक आस्था, संस्कृति, संस्कारले भ्रमपूर्ण देश हो बुझ्यौ केटाकेटी हो ! त्यसैले त भोलि छुट्टी छ”गुरूले कक्षाामा प्रसङ्गवस् भने।
सुमितले प्रश्न ग-यो, ”भोलि किन त यो पर्व मनाउने त गुरू ? कहिले देखि यो चल्न बस्यो ?
पौराणिक कालमा देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ बाह्रवर्ष युद्धचल्दा असुरहरू विजयी भए। यो घटनाले पराजीत देवगणलाई धर्म संस्कार विहीन भएर बॉच्नुपर्दा जीवन निरर्थक लाग्यो।
यसैक्रममा श्रावण शुक्ल चतुर्दशीका दिन देवराज इन्द्रले मर्नुभन्दा बहुलाउनु निको भन्दै असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिए। देवगुरू वृहस्पतिले अघल्लो दिन इन्द्रको विजयको कामना गर्दै श्रावण शुक्ल पूर्णिमाको शुभ मुहुर्तमा इन्द्रलाई रक्षारूपी बन्धन बॉधेर बल प्रदान गरेका थिए।
कृषि प्रधानदेशमा खेतीपाती सकिएपछि शरीरलाई तागत दिलाउन र तातो पार्न अंकुरित गेडागुडी खाने चलन छ। दिदीभाइ, दाजुबहिनीमा प्रेमिल भवना र आरोग्यताको कामनाको गर्दै राखी पनि बॉधिन्छ। “येनवद्धो बलिराजा दानवेन्द्रो महाबल तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल” मन्त्रोच्चरण गर्दै पारिवारिक मेलमिलापद्वारा सबैलाई रक्षारूपी बन्धनले बॉधी तातो क्वॉटीले शरीरलाई बलियो बनाउँने शुभदिन रक्षाबन्धन हो।