
बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन
मन मैलो धोई पखाली
रिस र राग सबै खोली
रङ्गीचङ्गी बनाउँछ होली
हाँसो खुसी छर्छ भोलि।
साथीभाइ मिलेर खेल्ने
रङ्गीचङ्गी रङ हो दल्ने
माया, प्रेम, सद्भाव सबमा
हातेमालो गराई साथमा।
धनी, गरिब भन्दैन पराई
असत्य विस्थापित गराई
हिमाल ,पहाड सब तराई
मनको मैलो फालेर रमाई।
सानो ठूलो केही नभनी
रमाउने चाड होली हो नि
टुटेको सम्बन्ध जोड्नलाई
नयाँ आशाको फूल बन्नलाई।
रङ्ग्याउने मात्रै सोच्न हुन्न
आफ्नो जिम्मेवारी भुल्नुहुन्न
दल्नुहुन्न रासायनिक रङ
असर पार्दा पर्छौ नि दङ्ग।
फोहोरो पानी फाल्नुहुन्न
कुहिएको अण्डा छुनुहुन्न
सोधेर मात्रै खेलौँ है होली
साथीभाइ चाहिन्छ भोलि।
आपसी सद्भाव जगाई
नाचौँ दिल खोलेर रमाई
रंग्याऔॅ दुःख,कष्ट बिर्सिएर
सबै भेदभावलाई कुल्चेर।





