“सजग”


कमल दाहाल

बालबनिता युवा प्रौढ
मजदुर किसान शिक्षक
वकिल डाक्टर सेना प्रहरी
खरदार सुब्बा अधिकृत
होनाहार देशका कर्मयोगीहरू
बन्नुस है स्वाभिमानी सजग

गरीब दुःखी असाहय
बिरामी अशक्त निमुखालाई
घोच्ने पोल्ने थिच्ने दबाउने
निमोठ्ने निचोर्ने न्याक्नेहरू
भित्री मति सुधारीकन
अब त बन्नुस् है सजग

हिमाल पहाड तराई
दुन भावर मधेश
जहाँ जतै रहेपनि

जात जाति भाषा
धर्म संस्कार रीति
जे जस्तो रहेपनि
नेपाल हो साझा
सबै जनको फूलबारी

फूल फुलाएर यसलाई
मगमग सुवास छर्न
गरि हातेमालो कन
एकैफेरि सब बनौँ न
देश सिँगार्न सजग
देश सिँगार्न सजग।