“सहिदको सम्झना”

शिव पुन

कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।

निरङ्कुश काल थियाे, देशका लागि अहित
गाेली खाई अमृत पिए, वीर सहिद।
कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।

शासकले फासी दियाे, सिफलकाे रुखमा
त्यति बेला देश थियाे, ठुलाे दुःखमा।
कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।

हाम्रा लागि ज्यानै दिए, उनी अमर वीरले
सम्झी सम्झी माटाे रुन्छ, आज पीरले।
कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।

हाम्रा लागि ज्यान दिए, रक्त बलिदानकाे
हामी पनि अझै कुरा, बुझौँ ज्ञानकाे।
कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।

हामी पनि देशका लागि, खट्नु पर्छ है
मर्नै पर्ने देखे पनि, लड्नु पर्छ है ।
कुरा चल्छ कुरा चल्छ, देश भक्तकाे
यहाँ परिवर्तन भएन, बीना रक्तकाे।