साहित्य

अन्जु शर्मा
रातोपुल

साहित्यकारहरूको भेला चलिरहेको थियो । पत्रकारले साहित्यकारहरूमाथि प्रश्न तेर्साए।
पत्रकार :”साहित्य के हो ? किन लेखिन्छ ?”
क) साहित्यकार: “साहित्य समाजको दर्पण हो । समाजको यथार्थता जस्ताकोतस्तै जान्नको लागि लेखिन्छ ।”   ख)साहित्यकार : साहित्य समाजको मार्ग दर्श्क हो । यसले समाजलाई पछाडिका कुरा बाट शिक्षा लिएर अगाडि बढ्न प्रेरित गर्छ।
ग) साहित्यकार : साहित्य विशुद्ध मनोरञ्जन हो । आत्मासन्तुष्टिको लागि लेखिन्छ ।
वाचन विश्लेषण कार्यक्रम समापन भयो । भोकले आतुर बनाएको थियो । गोजी छामे सुक्को पैसा थिएन्।
छिटोछिटो घरफर्के श्रीमतीले तोबर्का मार्दै भनिन, “तिमी साहित्य सुनेर अगाएर आयौ होला ! हामीले खाइसक्यौँ।”
भोकले रन्थनिएको बेला उनीसँग मुख लाग्ने हिम्मत आएन।
चुपचाप भान्सातिर नियाल्दै थिएँ।आमाले “कान्छा! कर्म अनुसारको फल प्राप्त हुन्छ । भोको पेटले सुत्न त सकिन्न अरू कुरा के गरौँ ।”
म झसङ्ग भएँ।अनि आफैँले अर्थ लाएँ। “साहित्य त कर्म रहेछ। आज मैले सित्तैमा खान पाएको भए भोलिको भोकको व्यवस्थापन गर्न पक्कै असमर्थ हुन्थे।”