“सूर्यमुखी”

सरिता पराजुली
चन्द्रागिरि -१५ काठमाडाैं

सूर्यमुखी फूलले
बाग ढकमक्क
अचम्मित हुँदै अरू
परे अकमक्क।

कहाँबाट आएर याे
ठिङ्ग उभिएछ
साैन्दर्यकाे ताज सबै
आफैँमा लिएछ।

हेर्दा पनि कति राम्राे
मनै लाेभ्याउने
अरूकाे त साैन्दर्य नै
सबै हराउँने।

वरिपरि साथमा छन्
बेली र चमेली
वास्ना छर्न सिपालु छन्
यी दुई सहेली।

सूर्यजस्तै आकारमा
फूल्ने सूर्यमुखी
उसकाे रूप रङ्ग देख्दै
हुन्छ मन खुसी।

बिहानीकाे घामसँगै
रमाउने बानी
पूर्व पश्चिम दुबै तर्फ
ढल्किढल्की जानी।