“स्कूल पढ्ने नानी”

दुर्गा पौडेल

स्कूल पढ्ने नानी हौँ
स्कूलतिर जाँदै छौँ
स्कूलमा आज उत्सव छ
नाँच्न गाउँन जाँदैछौँ।

नाँच्दाखेरी लाउनु पर्छ
फरिया, चोली गहना
पढी लेखी नाँची गाई
राम्रो बन्ने चाहना।

सबै सँग बोल्नु पर्छ
नम्र बोली बचन
रिसाउनु हुन्न कहिल्यै
मिलनसार बनौँन।

गाउँछन् गीत साथीले
लय हाल्छन् भाँतिले
त्यही लय हालेर
नाच्छौँ हामी भाँतिले।

गुरुआमा भन्नु हुन्छ
अनुशासन गहना हो
गुरुबाले भन्नु हुन्छ
प्रथम हुने चाहाना त्यो।

अनुशासित बनेर
गाउने नाच्ने गरौँन
पढी लेखी स्कूलको
नाम उच्च राखौँन।