
रञ्जुश्री पराजुली
धनीमानी थियौ तिमी
घुमी फेरी रमाउँथ्यौ
गर्मी भए जङ्गलमा
सितल खोज्दै पुग्थ्यौ।
त्यही क्रममा तिम्ले
घाँसी लाई भेट्यौ
घाँसीबाट प्रेरित भै
रामायण उल्था गर्यौ।
भाषा भनी हेंला गर्ने
सबै छक्क परे
असल कामको सबैले
तारिफ धेरै गरे।
साहित्यमा चित्त राखी
कृति धेरै लेख्यौ
राष्ट्रको माया पोखी
अमरावती भन्ने लेख्यौ।
सामाजिकताको ब्यङ्ग
कवितामा झल्कायौ
भोलि हैन आजै गर
भन्न सबलाई सिकायौ।
प्रश्न गर्दै उत्तर दिँदै
राम्रा कुरा सिकायौ
बुहारीलाई गृहकार्य
राम्रो गर्न सिकायौ।
भानु तिमी भाषाका
राष्ट्र कवि हौ
प्रकृतिका पुजारी
स्वछन्दबादी पनि हौ।
नेपाली भाषा साहित्य
तिम्लाई खोज्दै छ
तिमी जस्ता प्रखरको
अति खाँचोको छ।
भाषा हाम्री आमा
मिली सेवा गरौँ
आमाको सेवा गर्नु
परम पुण्य मानौँ।
भाषा सेवा गर्न भनी
एक पल्ट तिमी आउ
हाम्रा बाजे तिमी हौ
तिमीलाई नै बोलाउँछौँ।





