
ललिता ‘दोषी
खम्बा जत्रा खुट्टा छन्
नाङ्लो जत्रा छन् है कान
लसकलसक हिँड्दछौ
छौ है धेरै बुद्धिमान
खम्बा जत्रा….
हात्ती पोलो हेरेर
म त धेरै रमाएँ
तिम्रो सानो छावालाई
माया गरी समाएँ
खम्बा जत्रा….
उनको प्यारो सुँडले
नमस्कार गरे नि !
उनको माया देखेर
म त दङ्ग परे नि !
खम्बा जत्रा….
आज्ञाकारी हात्ती, छावा
जङ्लको हो है सान
गर्ने गर्छन् सबैले
उनीहरूलाई धेरै मान।
खम्बा जत्रा….
श्रोतःhttps://baalsansar.com





