निमा छिरिङ भोटिया
जलढाका , कालेबुङ भारत
असारे महिना खेतबारी हाम्रो
पानीले जलथल छ
साना साना विरूवा धानको
पानीमा नाँचेको
झाले र माले ती गोरू हाम्रो
बिहानीदेखी खेतबारी जोतेको
काइँली र कान्छी हातमा बीउ
बोकी मेलोमा पुगेकी
जेठा र साइँलो बाउसे है बनी
हिलो नै हल्लाकी
सिमसिमे झरी आकाशबाट झरी
सबैलाई भिजायो
सबै नै आनन्द बन्दै आज
असारे त्यो गीत गायो।