हाम्रो धार्मिक सम्पदा स्वयम्भू

प्रशन्न श्रेष्ठ
कक्षा ५,
ड्याफोडिल बोर्डिङ स्कूल, कपन, काठमाडौं

स्वयम्भू नेपालको अति नै प्राचीन धार्मिकस्थल हो । यो विश्व सम्पदा सूचीमा पनि सूचिकृत भएको महत्वपूर्ण सम्पदा हो । यो काठमाडौमा अवस्थित छ । स्वयम्भू स्तुपालाई महाचैत्य पनि भनिन्छ । किंवदन्ती अनुसार काठमाडौं उपत्यका जलमग्न भएको बेलामा त्यहाँ विपश्वी बुद्ध आएर तीन पटक वरिपरिको पहाडको टुप्पोमा घुमेर नागार्जुनमा बसेर तपस्या गरेका थिए ,। त्यसपछि वैशाष पूर्णिमाका दिन मन्त्र गरेर कमलको बिउ दक्षिण फर्केर रोपी दिएका थिए । अर्को सालको बुद्ध पूर्णिमाका दिन कमलको बिउ उम्रेको जरामा महास्वयम्भूको उत्पत्ति भएको मानिन्छ ।
बोधिसत्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको पूmल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । त्यस स्थानमा मानिसको बसोबासको सम्भावना देखेर उहाँले चोभारको डाँडोलाई काटेर काठमाडौंको सबै पानी बाहिर पठाउनुभयो र हाल काठमाडौं रहेको स्थान निर्माण भएको हो । विपश्वी बुद्धले रोपेको पूmल नै पछि गएर स्वयम्भू स्तुपामा परिणत भएको हो भन्ने किंवदन्ती रहेको छ ।
सत्तरीको दशकदेखि यो स्वदेशी तथा विदेशी पर्यटकहरुको माझमा ‘मंकी टेम्पल’ को रुपमा परिचित, चर्चित र प्रतिष्ठित छ । महाचैत्यको परिसरमा महामानव बुद्धका विभिन्न भावभंगिमाका धेरै नै ससाना मूर्तिहरु र स्तुपाहरु देख्न सकिन्छ । त्यसका अलावा स्वयम्भू परिसय नजिकै मुख्य सडकमा विश्वकै अग्लो र ठूलो बुद्धको मूर्ति रहेको पाइन्छ । स्वयम्भूनाथको महाचैत्य दर्शन गर्नका लागि सिमेन्टका सयौं खुड्किलाहरु चढेर जान सकिन्छभने उकालो चढ्न गाह्रो हुनेहरुले यातायातको साधन चढेर अर्को बाटो बाट पनि जान सक्ने सुविधा रहेको छ ।

महत्व
प्राचिन धार्मिक सम्पदाको रुपमा स्वयम्भूको अत्यन्त ठुलो महत्व छ । यो बोैद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र नै होभन्दा पनि हुन्छ । यहाँ पूजा आजाका लागि  हजारौं धर्मावलम्बीहरु दैनिक रुपमा पुग्ने गर्दछन् जसमा बौद्ध धर्मावलम्बी र गैर बौध धर्मावलम्बहरु पनि  ह्ुने गर्दछन् । यहाँ आस्थावानहरु आएर बुद्धका साथै अजिमाको पनि पूजा आजा गर्ने गर्दछन् । त्यसका अतिरिक्त यहाँ विभिन्न देशबाट आएका हजारौं पर्यटकहरुको दिनदिनै  घुँइचो लाग्ने गर्दछ । विदेशी पर्यटकहरुका लागि स्वयम्भू स्तुपा आपैmमा एउटा अदभूत आकषर्ण होभने यहाँको जङ्गलमा हजारौंको सङ्ख्यामा रहेको बाँदरले पनि पर्यटकहरुलाई लोभ्याईरहेको हुन्छ ।

कसले बनाएको हो ? यो कहाँ छ ?
संस्कृतमा स्वयम्भूको अर्थ स्वयम् उत्पत्ति भएको भन्ने बुझिन्छ । त्यसैले स्वयम्भूनाथलाई आपैm उत्पत्ति भएको महाचैत्य वा स्तुपाको रुपमा लिन सकिन्छ । काठमाडौं उत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो र महत्वपूर्ण भूमिका रहेको छ । भगवान मञ्जुश्रीले काठमाडौंको स्थापना गर्नु अघि यस भूमिमा बसेर तपस्या गरेको कुरा बौद्ध ग्रन्थावलीहरुमा पाइन्छ । स्वयम्भू स्तुपा नेपालको संघीय राजधानी काठमाडौंको पश्चिम उत्तर तर्फ रहेको डाँडोमा अवस्थित छ । महाचैत्य भने पनि स्तुपा भने पनि स्वयम्भू स्तुपाको बनोट अत्यन्त आकर्षक रहेको छ । त्यसैगरी महाचैत्यमा गरिएको रंगरोगनले पनि चैत्य मनोहारि र आकर्षक देखिएको छ ।  रत्नपार्कबाट यहाँसम्मको दुरी करीब तीन किलोमिटर रहेको छ ।
समयलाई पछ्याउने होभने स्वयम्भूको स्थापना इशापूर्व नै अर्थात् इ.सं ४६० नै भएको थियो तर त्यहाँ महाचैत्यको निर्माणको सुरुवातभने १३ औं शताव्दीमा राजा मानदेवले गरेका थिए । कालान्तरमा नेपालका मल्ल शाषकहरु, राणा शाषकहरु र शाह शाषक लगायत पछिल्लो समयमा अर्थात् नेपालमा गणतन्त्रको स्थापना पश्चात पनि समयानुकुल मर्मत सम्भार र स्याहार सुसार भैरहेको पाइन्छ । त्यसैले यस महाचैत्यको नियमित  मर्मत सम्भार र स्याहार सुसार हुँदै आएर नै आजको सुन्दर रुपमा आएको पाइन्छ ।
स्वयम्भूनाथको महाचैत्य अघिल्तिर उभिएर काठमाडौं उपत्यकालाई नियाल्न सकिन्छभने काठमाडौं उपत्यकालाई घेरेर उभिएका सुन्दर पहाड अनि हिमालहरुको दृश्यावलोकन गर्न पनि सकिन्छ ।

निष्कर्ष
स्वयम्भू स्तुपाजस्तो सम्पदा केवल एउटा धार्मिक सम्पदामात्र नभएर विभिन्न जातजाति र धर्म सम्प्रदायमा बाँडिएका नेपालीहरुलाई एकताको शूत्रमा बाँध्ने कडी पनि हो । किनभने यहाँ जुनसुकै धर्म, जाति र सम्प्रदायका मानिसहरु पनि जान्छन् र महामानव वुद्धलाई स्मरणगर्दै उनको पूजा अर्चना गर्ने गर्दछन् । नेपाल आउन चाहने र नेपाललाई नजिकबाट नियाल्न चाहने विदेशी पर्यटकहरुका लागि स्वयम्भूनाथ एउटा महत्वपूर्ण गन्तव्य हो ।
स्वयम्भूनाथ एउटा महाचैत्य वा स्तुपामात्र नभएर सम्पूर्ण नेपालीहरुलाई विश्वसामुँ परिचित र स्थापित गराउँने महत्वपूर्ण कडी पनि हो । स्वयम्भूनाथको महाचैत्य वा स्तुपा भन्नु नै प्रकृति , धार्मिक सम्पदा र विश्वशान्तिको त्रिवेणी होभन्दा फरक पर्दैन ।