
रमेश सुबेदी
ललितपुर-१३,कुसुन्ती
दुलही, बिहान तिमी स्याउला लिन जाँदा कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनी ल्याउ है । हस्, मैले सबै चिन्दिन होला, साथीहरुलाई सोधेर ल्याउँछु । के को लागि हो त्यो बाबा ?
भोलि साउने सङ्ग्राती देखि वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ । यो दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई “काण्डरक राक्षस”को पूजा गर्छौं । यसरी पुजा गर्दा दाद, लुतो, खटिरा जस्ता विभिन्न रोगहरूबाट मुक्त भईन्छ। तिमीले ल्याउने बनस्पति बेलुका आँगनमा आगो बालेर घरको चारै दिशामा अगुल्टो घुमाएर लुतो फाल्नु पर्छ। त्यो बेला नाङ्लो ठटाउने,शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केही वेर सम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रही आएको छ।
हो र बाबा, लुतो फाल्ने त भन्थे, सानो हुँदा वल्लो गाउँले पल्लो गाउँले राँके लुतो लैजा है भन्दै अगुल्टो फाल्दै कराएको सुनेथेँ। अहिले त सोमवार विशेष भनेर शिव मन्दिरमा भिड गर्न थालेका छ्न् । मेहन्दी लगाउँने र हरियो पहिरन लगाउने प्रतिशपर्दा नै छ। यस्तो चलनले, ब्यापारी चै मोटाए । हरियो/पहेंलो चुरा, पोते लगाएत बस्त्र सबै उत्तिकै बिक्रि भएको छ।
हो नि दुलही, सोमवार सेवेरै, वोलवम जान रामनामी टाउकोमा बेरेर, नाङ्गै खुट्टा आउनु भन्ने उर्दि छ । यो बुढेसकालमा के के हो, आईमाईले आदेश गरे पछि नाई भन्न नि नसकिने भो। वल्लो पल्लो घरका छिमेकीहरु सबै मिलेर तीन चार वटा शिव मन्दिर पुग्ने रे। कलशमा पानि भरेर टाउकोमा राखेर नपोखि परिक्रमा गर्नु पर्ने निर्देशन छ। हजुर बा, के गर्न लाग्नु भको आगो बालेर ? लुतो फाल्न लागेको नि । अनि यो लुतो भनेको के हो बा ? लुतो भनेको फोहोर मैला बाट छालामा लग्ने रोग हो नि । आगोमा पोलेर हाम्रो सरिरको घाउ निको हुन्छ र बा ? हुन्छ नि । ए हो र बा, त्यसो भए हाम्रो देशमा फोहोर मैला धेरै भएर भ्रष्ट्राचार गर्ने रोग लागेको छ । ती भ्रष्ट्राचारी र लुटतन्त्र गर्ने फोहोरीहरुलाई पनि अगुल्टोले पोलेर पन्छाउन सकिन्न र ?





