बिष्णुप्रसाद उप्रेती
बिर्तामोड ४ झापा
“बाबा , अघिदेखि केके गर्दै हुनु हुन्छ ? निकै ब्यास्त देख्छु।”
“के गर्नु र छाेरी। दशैँले भाँचेकाे ढाड, अब तिहारले कति टुक्रा पार्ने हाे भनेर यसाे हिसाब गर्दै छु।”
बाबुले फेरि भने — ” लक्ष्मी पुजागर्ने, झिलिमिली बत्ती बाल्ने, देउसी भैलाीलाई दिने,गौ पुजागर्ने, सेलरोटी मिठाइँ फलफुलकाे जाेहाे गर्ने, चेलीबेटीलाई दिने , सबै माेटामाेटी हिसाब गर्दा , साठी हजार कट्याे। आम्दानी छ ,चालीस हजार । बीस हजार पुग्दैन । अब कसाे गर्ने हाेला भनेर टाउकाे दुखाउदै छु नि , छाेरी।”
“तेसरी काहाँ हुन्छ र बाबा, चाहाडपर्ब त खुसीले रमाएर मनाउने हाे। रिन गरेर, टाउको दुखाएर,कतै हुन्छ ?”
छाेरीले फेरि भनिन्। –” अब म बुद्धि सिकाउछु बाबा। पहिला आफ्नाे आम्दानीकाे हिसाब गर्नु पर्छ। अनि तेसकाे दस प्रतिशत पर सार्नु पर्छ , याे चलाउदिन है भन्ने बाचा गरेर। अनि बाँकी रहेकाे पैसाले खर्च भाग गर्नु पर्छ। जतिजति पुग्छ , तेतिमात्र खर्च गर्नु पर्छ। पहिला घाँटी हेरि अनि हाड निल्नु पर्छ । नत्र हाड अड्केर मरिन्छ।”
“तेराे कुरा त ठिकै हाे छाेरी ,तर सबै रिसाउछन् । सबैकाेअनुहार अँध्यारो हुन्छ नि त । दिक्क मान्छन्।” बाबुले भने।
“रिसाएर के हुन्छ त बाबा ? आफुले मिठाे बाेलेर , राम्रो तरिकाले सम्झाउनु पर्छ। बुझ्नेले बुझ्छन् ,जाे अबुझ ,मुर्ख छ, त्याे रिसाउछ। हिसाब किताबले चल्नु पर्छ। रिसाउने, बेखुसी हुने हुँदै गर्छन। आखिर आफ्नाले छाेडेर जाँदैनन् क्यार।