“होली पर्व आयो”


बिन्दु पौडेल

होली पर्व आयो
रङ्गै रङ्ग छायो
स्कुल बिदा भाको
कति मजा आको।

साथीभाइ जम्मा
होली खेल्न जाम न
आफ्नो मिल्ने साथी
मात्रै खेल्दा जाति।

हुन्न अरूलाई दल्न
त्यस्तो कसैले सहन्न
हुन्न नसोधी खेल्न
पर्ला झमेला जेल्न।

राम्रो मान्छे बन्न
लोला खेल्न हुन्न
ढल पानी नफाल
आउँछ फेरि गाल।

राम्रो मान्छे खोजेर
साथीभाइलाई सोधेर
सभ्य भई खेलौँ
विवाद कसैले नझेलौँ।

मित्रतालाई बढाउँदै
साथीभाइ रमाउँदै
यसरी होली आउँछ
सबैमा उल्लास छाउँछ।