Categories: बाल कथा

अंशबण्डा

पीपी कोइराला
धरान १३

रमेशले छोरोको आँखाबाट बलिन्द्र आँशु झरिरहेको देखेर सोध्यो,”किन रोएको ,छोरा ?”
छोराले सोध्यो “डेडी!तपाईले हजुरबा लाई किन हाम्रो घरमा नराख्नु भाको?”
रमेशले सफाई दिदै भन्यो, ”मैले जिम्मा लेको छुइन, त्यसैले। “
छोराले फेरि रुँदै सोध्यो,”कसले लेको छ त ?”
रमेशले भन्यो, “कान्छोले जिम्मा लेको छ। “
छोराले सोध्यो,”अनि ऊहाँले हजुरबालाई किन आफ्नो घर नलानु भाको त ?”
रमेशले भन्यो, ”बा नै जान नमानेर। “
छोराले रिसाऊँदै सोध्यो,”अनि ऊहाँ जान मान्नु भएन भने तपाईंले किन नराख्नु भाको त? हजुरबा बुढो भएर पनि माग्ने जस्तो जहींतहीं डुलेर बाँच्दै हुनुहुन्छ । बसाईको ठेगान छैन । यस्तो अवस्थामा तपाईले राख्नु पर्दैन? वहाँलाई तपाईले आफ्नो परिवार भित्रको सदस्य नै ठान्नुहुन्न कि क्या हो ?“
रमेशले भावुक हुँदै भन्छ,”यो कुरा तेरै ममीलाई सोध्न त !”
छोरा रिसाउँदै उसको आमा रमा नेर गएर सोध्छ,”ममी ! हजुरबालाई तपाईहरूले हाम्रो परिवार भित्रको सदस्य नै ठान्नुहुन्न कि क्या हो ?“
रमाले निर्धक्कसँग कड्केर बोलि ,”उहाँको सेखपछि उहाँको नामको जग्गा तेरो कान्छो अंकलको नाममा जाने भनेर अंशबण्डामा लेखेको छ नि त!”
छोराले भक्कानिदै सोध्छ, “ममी !सम्पति जस्तै आमाबाबुको पनि अंशबण्डा गर्नु पर्छ र?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

13 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

14 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago