“अपेक्षा”

शान्ति सिग्देल

कुहुकुहु लय भर्दै कोइली गीत गाऊन्
मुसुमुसुमुसु हाँस्दै पौषमा घाम आऊन्
विचलित शिशु वृद्धा घाम यो ताप्न पाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

सलिलसरि सबैले स्नेह बाँडून् समान
हरित विपिनजस्तै हाँस्न थालून् जहान
घरघर मधुजस्तै मन्त्र बोकेर आऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

कठिन समय चिर्दै चित्तमा शान्ति भर्दै
वदन र मनभित्रै सुस्तरी कान्ति छर्दै
पवित पवनजस्तै कर्ममा खट्न थालून्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

जन असफल बन्दा अश्रुको बग्छ धारा
खुरुखुरुखुरु खोलून् बन्द ढोका तगारा
मनमगज उघारी मुक्त बाटो समाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

मधुरमधुर वाणी शान्ति छर्ने बिहानी
असल मनुजको नै हुन्छ मीठो कहानी
परजन हितमा नै दिव्य आनन्द पाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago