Categories: कविता

“अक्षय तृतीया”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

वैशाख मास शुक्लपक्ष, पर्व अक्षय तृतीया,
हिन्दू जैनकाे महान पर्व, दान पुण्य गरेका।
श्री विष्णुले पर्शुरामकाे, अवतार लिए रे,
वृद्धहरूलाई लाैराे जुत्ता, गक्ष दान दिए रे।

उठ उठ बाबु नानी, हजुरमाले बाेलाकाे,
सातुखान उठ भन्दै, पिठाे झिकिन् झाेलाकाे।
प्रात कालै नुहाएर, जब बाबा आउनुभाे,
अक्षय तृतीया याे, मिठाे कथा सुनाउनु भाे।

आहा मिठाे सर्वत, दाल्चिनी ल्वाङ हालेकाे,
सुकुमेल चिनी सख्खर, सर्वत पानी पारेकाे।
कतै सर्वत घाेलेका, उखुकाे रस पेलेकाे.
कमिलालाई सातु दिँदा आहा कति मजा भाे।

चाैतारीमा बसेर, बाटाे हिंड्नेहरूलाई,
जाैका सातु सर्वत पानी, पानी खानेहरुलाई।
पराेपकार पर्व याे, संस्कारमा गर्व याे,
सत्य त्रेता गती सुरू, वार्षिक पर्व याे।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

8 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

9 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago