सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“छि महिला भएर पनि कस्तो लाज नमानेको हो।”- कृष्णले आफ्नु मुन्टा बटार्दै भन्यो।
“अचेल फोथिपनि बास्नथाले । थाहा छैन हजुरलाई त्यो नुरीले भनेकोकुरा ? सबै गाउँलेले बोल्नै सकिनन् त्यसको अगाडि त्यो दिन ।”- माइलाले पनि कृष्णकै समर्थनमा थप्यो।
“के गरी र नुरीले ?”- अर्घेलीले सोधिन्।
“भैगो आमा न सोध्नुहोस् त्यसका कुरा ।”- माइलाले निदार खुम्चायो।
“होइन बाबु कौवाले कान लग्यो भन्दैमा कौवाको पछि भाग्नु हुँदैन नि ।अरूले के के भन्छन् तर नुरी राम्रो मान्छे हो। सानैमा बाबा मरेपछि उसैले त धानेकी छ घर ।”- अर्घेलीले आफ्नो बिचार राखिन।
“हजुर पनि भाउजू कुरा नबुझिकन बोल्नु हुन्छ। दाइ मरेपछि हजुरले पनि त बाल बच्चा पालेकै होनी।”-कृष्णले भन्यो।
“हाम्रो कुरा बेग्लै हो बाबु ! छोरा छोरी ठुला भएका थिए, बुढाले सम्पत्ती छाडेका थिए,पेन्सिन मिल्छ। नुरी र हाम्रो के तुलना गर्नु हुन्छ!” -अर्घेलीले भनिन्।
“जे भएपनि अलिकति समाजको पनि ख्याल गर्नुपर्छ क्या आमा ।”- माइलाले अर्घेली तिर हेर्दै भन्यो।” ओहो त्यस्तो के गरि उसले त्यो त भन ?”-अर्घेलीले बुझ्न खोजिन्।
“के गरिन ,पहिले घरको धुरिमा चडेर आफैँ घर छाई। अनि हिजो केगरी थाहा छ ? समाजकै नाक कटाई। दिनैभरी गोरू नारेर आफैँ बारी जोती।”- कृष्णले उसलाई धिकार्दै भन्यो।
“यत्ति कुरा हो ? उसले आफ्नो बारी जोतेर समाजको नाक राखी। बाँजो बारी राखेर माग्न आएको भए के भन्नुहुन्थ्यो नि बाबु हजुरले?
कृष्णको कण्ठ खुलेन ऊ उठ्यो र हिंड्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

2 hours ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

2 hours ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

2 hours ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago