सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
आफैँ उठ्न सक्नु पर्छ
बाधा अड्चन झेल्नु पर्छ
समयले पर्खदैन
दह्राे धर्ती टेक्नु पर्छ।
आफैँलाई चिन्नु पर्छ
सत्कर्ममा हिड्नु पर्छ
अप्ठेराेमा परे पनि
अगाडिनै बढ्नु पर्छ।
यात्रीले नै शिखर चुम्छ
जाे थाक्दैन ऊ नै पुग्छ
अलमलमा पर्नेकाे त
प्राप्त फल सबै गुम्छ।
दायाँ बायाँ हेर्नुपर्छ
सत्य के हाे चिन्नुपर्छ
फूलसरि मुस्कुराई
आफ्नाे कर्म गर्नुपर्छ।
भूमिकामा रम्नुपर्छ
चनाखाे भै हिड्नुपर्छ
हातेमालाे गरिकन
गन्तव्यमा पुग्नुपर्छ।
इन्द्रेणीका सातै रङ्ग
हेर्दा हुन्छाैँ सबै दङ्ग
तर सधैँ मिल्छ कहाँ ?
स्वप्नसरि हुन्छ भङ्ग ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…