Categories: बाल कथा

धान दिवस


टीका सिवाकोटी

“मानो रोपेर मुरी उब्जाउनु पर्यो नि!” माईला बा हलो जुवा नारेर खेत जोत्न थाले।
त्यो देखेर देखेर काँइलाले अचम्म मान्दै भने, “हैन हौ यो बुढेसकालमा कत्रो बल ?”
“ज्यान रहुन्जेल दुईछाक खानु पर्छ। त्यसका लागि उब्जाउनु पर्छ । बरु फ्याउरी लगाउने बाउसे पुगेको छैन्।
फ्याउरी बोकेर आऊ पछि पर्म तिरौँला !” माईला बाले आशावादी हॅुदै भने।
“हुन्छ नि त , पर्म नै हो। हल्लुण चाँहि दरो रहेछ । हत्तपत्त नचुट्टीने। काँइलाले हल्लुण देखॅाउदै भने।
“हो हिजो अस्तिदेखि नै सोइला ,जोतारो, अना, हरिस, फाली, ठेडी सबै फेरफार गरी तयारी अवस्थामा राखेको थिए नि त !
त्यसैले बर्षा शुरु हुने बित्तिकै मेलामा गोरु नार्न पाईयो। “ माइला बाले बत्तिसा देखाउॅदै भने।
“पानी परेर सबैलाई भ्याई नभ्याईछ। पर्म पनि पो पाईन् । बिउ काड्न र रोपाईँको दिन रोपारहरु पाउन पनि गार्हो छ।” काँइलाले समस्या सुनाए।
सिमसिमे पानी परिरहेको थियो। माटोको बासनाले धर्ती मगमगाई रहेको थियो। दबदबे हिलोमा धान रोपीरहेकी पारुले सोधी। “ माईला बा ! रोपाईँको दिन मेलोमा घरका मान्छेहरु खै देखिदैनन् त ? कि गए महोत्सवतिर ?”
माईला बाले निधारको पसिना गाम्छाले पुछ्दै भने -“बुढी माउ खाजा बनाएर लिएर आउॅदैछे। छोराबुहारी उ बिउ काड्दै छन्। उनले अलि रिसाउँदै बिउ हातमा लिएर भने – “धानको बिउ माला घाटीमा लाउँदा के धान फल्छ ? किसानलाई सधैँ धान दिवस !”

https://setomato.com/

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

5 minutes ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago