Categories: बाल कथा

अनाथालय

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

भित्तोमा टाँगिएको तस्बिरलाई पुष्पहार पहिराँउदै गरेको वृद्धलाई एक बालकले सोधें – “यिनी को हुन् गुरुजी ?”
“यिनी यस आश्रमको स्थापक हुन्।”
“अनि हजुर चाहिँ ?”
” म त मात्र सेवक।”
“हामी जस्ता अनाथहरुको उद्धार गर्ने यी महान व्यक्तिको बारेमा भन्नोस् न गुरुजी!”
“कुनै दिन भनौँला।” गुरुले टार्न खोजे। बालकले जिद्दी छाडेनन्। अन्त्यमा गुरुले लामो श्वास छाड्दै भने- “म जवान छँदा,बाआमाले बिहे गरिदिने ढिपी गरे। मैले प्रतिवाद गरेँ। उनीहरुले कम्मर कसे।
“किन प्रतिवाद गुरुजी?”बालकले जिज्ञासा राख्यो।
“किन कि म नपुंसक थिएँ।”
केहीक्षण वातावरण चकमन्न भयो। दुबैले एकाअर्काको मुख हेरे।
बालकले उत्साहित लबजमा पुनः सोधे- “त्यसपछि के भो गुरुजी?”
“मैले कृत्रिम बच्चा (टेस्ट ट्युब बेबी) अपनाउँने आँटले बिहे गरे। वर्षदिन बित्यो। हामीबाट जायजन्म भएन। गाउँलेहरुले उनलाई अपुताली,बाँझी,बोक्सी भन्न थाले। उनी एकान्तमा रुन्थिन , तर मलाई कहिले दोषा आएन।
मलाई असह्य भयो। मैले उनलाई ट्युब बेबीको प्रस्ताव राखेँ। उनले सोझै खारिज गरिन्। परपुरुषसँग सम्बन्ध राख्ने परामर्श दिएँ,झापड कसिन्। मैले छोडपत्र माँगे,उनले खण्डन गरिन्। अन्त्यमा मैले निरुत्साहित हुँदै भने – “अब एकमात्र बाटो छ आत्महत्या!”
त्यसताका उनले मलाई मनोबल दिँदै भनिन् – “हामी अनाथ बच्चाहरुलाई आश्रय दिएर सन्तान बनाँऊ!”

लिङ्दोक,पूर्व सिक्किम

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

13 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

14 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago