Categories: कविता

“स्कुल जान्न”

सरिता पराजुली

तप्प तप्प आँसु झार्दै भन्नथालिन् नानी
आज धेरै पेट दुःख्याे स्कुल नजानी
सधैं स्कुल जाने बेला खुसी हुन्थ्याै नानी
आज किन के भाे त्यस्ताे स्कुलै नजानी।

आँखाबाट एकाेहाेराे बग्नथाल्याे पानी
घाेसे मुन्टाे लगाउँदै भन्न थालिन् नानी
स्कुलमा आज फेरि स्वास्थ्यकर्मी आँउँछन्
हामी साना नानीलाई भ्याक्सिन लगाउँछन्।

सेता काेट लगाएका देख्दै तिनीहरू
छट्पटिन्छ मेराे मन हुन्छ कसाे गरूँ
विन्ति छ है मेरी आमा आज स्कुल जान्न
हैन भने भाेकै बस्छु म त खाना खान्न।

तिम्रैलागि स्वास्थकर्मी गरेका छन् सेवा
राेग निराेध गर्नलाई दिन्छ त्यसले टेवा
नमन गर्नु पर्छ तिनकाे सेवा कर्मलाई
शीराेधार्य गरेकाछन् मानव धर्मलाई।

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

7 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

7 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago