Categories: बाल कथा

अनिता

नारायण निरौला

अनिताका बाआमाले उनीहरूलाई प्रशस्तै खेल्ने सामाग्रीहरू पनि ल्याइदिएका छन्। मनोरञ्जनका सामाग्रीहरू पनि छन्। टेलिफोन मोबाइल गाडीहरूका साथै क्यारेम्बोर्ड क्युब गीतार मादल बल लुडो कैँची कुर्सी स-साना कप चम्चीहरूका साथै शैक्षिक सामाग्रीहरूमा कापी पेन्सिल इरेजर पेन्सिलकटर मार्कर ह्वाइटबोर्ड आदि चित्रबोर्ड आदि प्रशस्तै सामाग्रीहरू उनीहरूसँग छन्। बेलाबेलामा मोबाइल पनि चलाउँछन्। मोबाइलमा पनि टु वान्जा पढ्छन्, मिनिङ्, र्यामहरू सिक्छन्, मधुर गीत भजनहरू जान्दछन्, त्यहीँ चित्र बनाउँछन्। जोडघटाउ गर्छन्। नेपाली हिन्दी र अंग्रेजीका बालगीत र कविताका साथै नाच्न पनि सिक्दैछन्। अङ्ग्रेजी वर्डका टिमहरू अभ्यास गर्दछन्। अनीहरूलाई बाआमाले खेल्ने खाने पढ्ने लेख्ने घुम्ने नाच्ने अलग्-अलग् दिनुहुन्छ। विद्यालयबाट आएपछि हातमुख धोएर खाजा खाएपछि गृहकार्य गर्न लगाउनु हुन्छ। त्यसपछि उनीहरू खेल्ने चित्र बनाउने आदि काम गर्दछन्। बिहान उठेर अघिल्लो दिन नसकेको गृहकार्य गर्ने र पढ्ने गर्दछन्। उनीहरूलाई बाबाले सेतो बोर्डमा लेख्न र अरुलाई पढाउन लगाउनु हुन्छ।
त्यसैले अनिता र उसको भाइ जान्ने-बुझ्ने छन्। सोधेको कुराको राम्रो उत्तर दिन्छन्। राम्रो अक्षर लेख्छन्। गुरु र गुरुआमालाई आदर गर्छन्। वहाँहरूले भनेको मान्छन्। सधैँ नमस्कार गर्छन्। सफा लुगा लगाउँछन्। फोहोर ठाउँमा खेल्दैनन्। गुरु र गुरुआमाले पढाउँदा बुझेनन् भने नडराइ र नलजाइकन सोद्धछन्। नबुझीकन बुझेँ भन्दैनन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago