Categories: बाल कथा

अनुकरण


त्रिपुरा खरेल
मामरिङ्ग,दक्षिण सिक्किम

“तिमी यसमा बस।” पाँच वर्षकी नातिनी बेबीले उसको दाजुलाई बैठक कोठाको सोफामा बसाइ ।
“हजुरबुवा तपाईँ यहाँ बस्नुहोस्।” उसले हरिप्रसादलाई टेबल अगाडिको सोफामा बसाइ।
आज आफू कुन खेलमा भाग लिने हो, त्यसबारे उनी अनभिज्ञ थिए। नातिनी स्कुलबाट आएपछि उसँग कुनकुन खेल खेल्नुपर्ने हो, त्यसको विषयसूचि ऊ आफैँले बनाउँछे।
“म सविता म्याम हुँ।” आज उसले आफूलाई शिक्षिका भएको घोषणा गरी।
उसले हरिप्रसादलाई हेर्दै भनी,” हजुरबुवा ,तपाईँ प्रिन्सिपल ।” यसपछि रघुलाई अलि कडा आवाजमा भनी”,तिमी चाहिँ मेरो स्टुडेन्ट ।”
“गुडमर्निङ टिचर भन।”
सात वर्षको रबिले उसको आज्ञा पालन गर्यो।
“अब तिम्रो ब्यागबाट किताब निकाल।”
उसले आज्ञाकारी छात्रको भूमिका निभायो।
हजुरबुवा , नातिनातिनीको टिचर स्टुडेन्टको खेल हेर्न मग्न थिए।
“नातिनीलाई किडजी स्कुलमा हालेर राम्रै गरेछन् छोरा- बुहारीले।” उनको छाती गर्वले फुल्यो।
“प्रिन्सिपल ! यो खातामा क्लासवर्क दिनुस् ।” ऊ गीत गाउँछे, नाच्छे तर लेख्न पढ्न जान्दिन त्यसैले लेख्ने काम तथा कथित प्रिन्सिपललाई दिई।
हरिप्रसादले, उसले भनेअनुसार खातामा लेखेर दिए।
“लु अब क्लास वर्क गर।”
ऊ अँग्रेजीको ए, बी,सी जान्दछे,वान, टु चिन्दछे, कलर चिन्दछे तर उसलाई नेपालीको स्वर वर्ण, व्यञ्जन वर्ण र अंकबारे केही ज्ञान छैन्। रङ्ग भनेको के हो उसलाई थाहा छैन।
“प्रिन्सिपल लन्च खानुस्।” उसले एउटा बट्टा हरिप्रसादलाई दिई।
“लु तिमी पनि खाउ।” उसले रविको हातमा केही दिएको जस्तो गरी। रविले खाएको जस्तो गर्यो।
ऊ रविले लेखेको खाता जाँच गर्न थाली।
रविलाई स्टुडेन्टको भूमिका निभाउन गारो भइसकेको थियो।‌ ऊ मडारिन थाल्यो।
सविता म्याम बनेकी बेबी कराइ, “तिमीले राम्रोसँग क्लासवर्क पनि गरेका छैनौ । तिमीलाई ऐले झापड `दिन्छु नि।”
“हजुबुवा, हेर्नु न मलाई यसले झापड् दिन्छे रे !”
रविले स्कुलको अनुशासन भङ्ग गरेको सविता म्यामलाई मन परेन। उसले रविको कान समाती।
“सविता म्याम स्कुलमा केटाकेटीलाई गाली गर्नु,पिट्नु कानुनी अपराध हो।” हरिप्रसादले विरोध जनाए। “अन्त हजुरबुवा, हाम्रो म्यामहरूले पनि हामीलाई क्लासवर्क नगर्दा पिट्नु हुन्छ त ?”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

23 hours ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

23 hours ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago

“भाषा महिमा…!!”

सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…

3 days ago

“ग्यास अभाव”

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…

4 days ago