भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
फेरि बोलेछ ।
“जति सम्झाए नि भएन। नबोल- नबोल भन्यो, मान्ने होइन । फ्याट्ट बोलिहाल्छ अनि सबैको आँखाको तारो बन्छ ।” विकलले नरेशलाई भन्यो।
बालापन देखिका मिल्ने साथी मित्रता प्रगाढ थियो । पढाइको सिलसिलामा काठमाडौंमा डेरा गरी बसेका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले बिहान कलेज र दिउँसो काममा जाने उनीहरूको दैनिकी बनेको थियो।
नरेश खरो स्वभावको छ, अन्याय सहन सक्दैन । जे देख्यो त्यो बोल्छ, त्यसैले सानाठुला विवादमा परिरहन्छ। विकल, नरेशलाई हेर्दै, “आज पार्टीमा जानुछ, तयार हो।”
ऊ पुलकित भइ चिटिक्क परेको छ । दुबै सङ्गै निस्किए । पार्टीमा रमाइलो गर्दै नाच्ने,गाउने क्रममा उमाकान्तले होच्याएर नरेशलाई भन्यो, “अलि ढङ्गको नाच न, ताल न सुरको कस्तो नचाइ हो ?”
नरेशले ढाप के मारेको थियो ? उमाकान्त जङ्गियो, ” मुख छाड्यो।”
विकलले भेउ पाएन, भनाभनले उघ्र रूप लियो । नरेश झोकिएको देखेर के खोज्छस् काना ? आँखो, भनेझै अरूलाई भयो । उसलाई झगडा मिलाउँन हम्मेहम्मे पर्यो।
भिडले उमाकान्तको समर्थन जनायो । विकलले, “ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ, भन्दै उसको रिस शान्त गरायो ।”
नरेश दोषी सावित भयो, “उसको मनमा हुट्हुटी चल्यो, शक्तिको अगाडि घुँडा टेक्न बाध्य भयो ।”
सबै प्रत्यक्ष नियाली रहेको अमितले मुख खोल्यो, “कुरो र कुलो जता लग्यो उतै जान्छ, बिना गल्तीको सजाय, किन सबै स्याल झै खनिएका हँ ?”
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/es-MX/register?ref=GJY4VW8W