सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“दिनेश यो पानीको बाल्टी कहाँ लिएर जाँदै छौ?”- मास्टर मोहनले नौ वर्षिय विद्यार्थीलाई सोधे। “सर त्यहाँ आगो लागेको छ अरे, मेडमले सबै बच्चाहरूलाई फटाफट पानी लिएर आउन भन्दै हुनुहुन्छ।”- महेशले पानीको बाल्टी नल्काबाट उठाएर हिंड्यो। उनीहरू आत्तिएको देखेर मास्टर मोहन पनि उनीहरूको पछिपछि लागे। स्कुलको पछाडि आगो दनदन बोल्दै थियो। महेशले मेडमलाई पानीको बाल्टी थमायो। मेडमले जसै पानी आगोमा हाल्न थालिन मास्टर मोहनले मेडमको हात च्याप्पै छोपे। उसको हातबाट पानीको बाल्टी खोसे। “सर!” मैडम वर्षा आश्चार्य परिन्। “के गरेको हो यो ? हजुरलाई थाहा छ यो आगोमा पानी हाल्दा के हुन्छ ? बाबु नानीहो त्यो पानीको बाल्टी त्यहीँ राखेर त्यो माटाको थुप्रोमा हिंड। आगो माटोले निभाउ “-मास्टर मोहनलालले भने। उनी कतै फोन मिलाउँदै थिए। “सर! के भन्न खोज्नुभाको ?”-मेडम वर्षाले भनेको कुरा नबुझेर जिल्ल पर्दै सोधिन्। “मेडम जी यो आम आगो होइन माथि पोलबाट विधुतको तार छिनेर भुसमा परेको छ । त्यो तारमा चार सय चालिस भोल्टस् करेन्ट छ अनि हामीले पानी हाल्ने हो भने त्यही पानीको माध्यामबाट करेन्ट लाग्न सक्छ।”- मास्टर मोहनले वर्षालाई सम्झाउँदै भने।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…