Categories: कविता

“तिमी र म”

 


रमेश सुबेदी

मैले ठेटना खाँदै गर्दा,
तिमी बरण्डामा चरालाई चारा हाल्दै देख्छु।
तिमी मखमलको चोली र फाईवरको सारीमा सजिँदा,
म आमाले बुन्देको स्विटरमा ढाकर बोकी रहेको हुन्छु।
तिमी महलको सजावट भएको आधुनिक सिलिङ्ग हेर्दै सुकला हुँदा,
म आकशको छाना मुनी तारा पुञ्ज हेर्दै सुत्छु।

आखिर के नै फरक भो त,
तिम्रो महल भए पनि मैले सडकले टारेकै छु।
तिमीले ब्राण्डेड पोषाकले शरिर ढाकेपनि,
मैले थोत्रोले भए पनि लाज छोपेकै छु।
होला,
मेरोमा ठ्रवास्स गनाउला।
पैसै पैसामा तिमी रमाउँदा,
म सडक पेटीमै रमाउँला।

तिमी आकाशको जुन बन्दै गर्दा,
म धर्तिको धुलो बनौँला
गन्तब्यको खोजी गर्दा तिमी महाजन बने,
म सडकको भिखारी बन्दै हिँडौला ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

34 minutes ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

56 minutes ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago