Categories: बाल कथा

अन्धविश्वास

अवतार ढकाल

‘म्याम भुत हुन्छ कि हुँदैन् ?´ कक्षामा अर्कै विषयबस्तु पढाइरहेकी रेनुका मिसलाई सजलले सोध्यो।`हुँदैन।´ रेनुकाले उत्तर दिइन्।
`उसले पत्याएन तर पनि चुप लाग्यो।
`अनि बोक्सी नि म्याम?´ सरिनाले अर्को प्रश्न तेर्स्याइ।
`हुन्न।´ उनले एक शब्दमा जबाफ दिइन्।
`भुत, प्रेत, बोक्सी….यी सब अन्धविश्वास हुन। हामी अन्धविश्वासको पछि लाग्नु हुँदैन।´ उनले सम्झाउँदै भनिन्।
कक्षामा एकछिन खासखुस चल्यो। विद्यार्थीहरू एकअर्कालाई हेरेर मुखामुख गर्न लागे।
एकछिन पछि उनकै छिमेकमा बस्ने एउटी नानीले प्रश्न गरिन,
`अनि म्याम हिंजो तपाईँको घरमा किन चिन्ता राखेको ?´
रेनुकाले केहि बोल्नै सकिनन्। कोठाभरी हाँसो गुन्जियो।
`चुप लाग। हल्ला नगर। जाँचमा आयो भनें `हुँदैन´भनेर लेख्नु पर्छ।´उनले अलिक सानो स्वरमा भनिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

22 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

23 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago