विमला प्रधान जाेशी
हाम्री छोरी सानीको
साह्रै राम्रो बानी
खेलिबस्छिन् सबैसँग
डोरी तानी तानी।
रातो जामा लगाइवरी
घरबाट जान्छिन्
दिनभरि खेलेपछि
साँझपख आउँछिन्।
वल्लो घर पल्लो घर
डुली डुली खेल्छिन्
साना-ठूला सबैसँग
कति मीठो बोल्छिन्।
खानापिना राम्रो खान्छिन्
थाल चाटी चाटी
खुशी भई स्कूल जान्छिन्
केश कोरी बाटी।
स्कूल जान्छिन् साथीसँग
सधैँ मिली मिली
पाठहरू याद राख्छिन्
साह्रै मनमा खिली।
पढ़ी गुनी आएपछि
खाजा खान्छिन् सानी
रूखा सुक्खा खाना पनि
साह्रै मीठो मानी।
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…
ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…