Categories: कविता

“अन्धो प्रेम”

कमला पन्थी अधिकारी

मात्रै साेह्र पुगेर क्याम्पस गएँ साथी बनाएँ जब
नाैलाे ठाउँ थियाे त्यहाँ सब नयाँ धेरै रमाएँ तब
त्यस्तैमा जब एक त्याे युवकले राखाैँ भन्याे मित्रता
आफ्नाे नाम भन्याे मुहार हँसिलाे साँच्चै थियाे गद्गद ।

गर्दै आग्रह भन्छ ए नव सखा साह्रै तिमी सुन्दर
“माया गर्छु” भनेर बाेल्छ सजिलै लाग्याे अनाैठाे तर
के के साेंच्न पुगेँ तुरुन्त मनमा लागेर झड्का मिठाे
विस्तारै मनमा र भित्र मुटुमा बस्ने उहीँ न‌ै भयाे ।

हामी घुम्न भनेर साथ कहिले पुग्थ्याैँ नयाँ पार्कमा
धेरै माेहित भ‌ै हिंडेँ उससँगै केही नसाेची त्यहाँ
वाचा ती कति हुन् सुनाउन बढी ऊ नै थियाे खप्पिस
हाम्राे प्रेम थियाे मुना मदन झैं गर्थे अरूले रिस।

“तिम्राे निम्ति म झार्छु ती गगनका ताराहरू नै “भन्याे
“रानी हाै मनकी सदैव यसरी गर्नेछु माया” भन्याे
पत्याएँ सजिलै समस्त उसका चिल्ला कुरा जे थिए
केही साेंच विचार छैन मनमा विश्वासमा हाैसिएँ ।

धेरै लाज भयाे सुनाउन कुरा आमा बुवाकाे अघि
भाग्ने तर्खर भाे हिंडे सँगसँगै विश्वास धेरै गरी
पुग्दै मन्दिरमा बिहे पनि गर्याैँ केही नमानी डर
“टाढा जाउँ “भन्याे उता शहरमा पर्थे उसैकाे भर ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago