सुरेशकुमार पाण्डे
दाङ घोराही
मम्मी म अब स्कुल जाँदिन !”- सानी नानीले जिद्दी गर्दै भनी। “केअरे “फेरी भन त , के भनेको यस्तो ? चुप लागेर हिंड! -“रूपाले हकार्दै भनिन्। “म जाँदै जाँदिन ” -ऊ रून थाली। न हकार न बालखलाई उसको कुरा पनि त सुन किन स्कुलमा जान्न भन्छिन्।”- बुद्धि प्रसादले रूपालाई सम्झाउँदै भने। “खै कुन्नि ! हजूरको प्यारले बढी जिद्दी भएकी छ अचेल।”-रूपाले छोरी तिर आँखा तर्दै भनिन्। “हिजो सम्म त खुरू खुरू स्कुल जान्थी यो नानी आज अचानक के भयो यसलाई ?”-बुद्धि प्रसादले आफ्नो काखामा बसाल्दै नानीलाई सोधे। “के भयो तिमीलाई भन त ? बुद्धि प्रसादले नानीको कपाल सुमसुमाउँदै भने। “बाबा ! हाम्रो स्कुलमा एउटी दिदीलाई हिजो पङ्खामा झुण्डाएर मारेछन्। मलाई पनि मारे भने ? म अब त्यो स्कुलमा कहिल्यै जाँदिन”-पाँच वर्षकी बालिकाको कुरा सुनेर रूपा र बुद्धि प्रसाद एक आर्कामा हेरा हेर गरे।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…