Categories: बाल कथा

अपराध


तुलसी पण्डित

आमा साथीहरुले मेरो कपाल तानेर हैरान बनाएका छन्। हिड त बजार कपाल काट्न।
छोरीले भनी।
“आमा मेरो पनि बजारमा काम छ ? म पनि तपाईँहरु सँगै जान्छु।”
“ल हिड त चाँडै गरेर घर आउनु पर्छ।”
“ल आउँ बाबु यो कुर्सीमा बस। अब म तिमीलाई कपाल काटेर राम्रो बनाइ दिन्छु । लामो कपाल बनाएर पाल्यो भने साथीहरुले पनि भुतल्छन् ।”
हजामले “भुतल्छन् ” भनेको शब्द सुनेर छोरी झस्किन् । उनले घरमा हुने बाबु आमाको झगडा सम्झिन् । बाबु भन्दा आमा धेरै बलियो थिइन् । तर झगडा हुँदा बाबा आमाको कपाल समात्न पुग्थे । झगडा बढ्दै जान्थ्यो । पिटापिट चल्थ्यो । तर लामो कपालले गर्दा जहिले पनि आमाको हार हुन्थ्यो । यो घटना सम्झदा उनको अनुहारमा एक्कासी परिवर्तन आयो।
उनले भनिन्।
“आमा म कापी किनेर आउँछु है ? ”
कपाल काटेको पैसा बुझाएर आमा बाहिर निस्कनु भयो । छोरी हाँस्दै आइपुगिन् ।
“होइन छोरी तिमीले यो के गरेको ? विवाह गर्ने बेलाको छोरी ?”
“आमा म कपाल काटेर झन् राम्री भएकी छु ।”
“अँ भएकी छस् राम्री । छोरी मान्छेको सौन्दर्य नै कपाल हो । सौन्दर्य नै गायव पारेपछि राम्रो हुन्छ ?” “आमा सौन्दर्यको नाममा आफैँ असुरक्षित भएर बस्नु अपराध हो ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

5 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago