एन्जल निलु,मिना साह
राजविराज -७ (खर्साल टोल)
“के को तयारी हुँदै छ ? कुनै कार्यक्रम छ कि?” विद्यालय पुग्नासाथ नरेन्द्रले रणवीरसँग सोधे।
“किन? तिमी नाच्ने होइन क्यारे?” पछाडिबाट बलवीरले होच्याउदै भन्यो।
“ए नरेन्द्र!तिमी फुटबल खेल्छौ ? खेल्ने भए आउ।” धनवीर पनि गिज्याउँदै भन्यो।
नरेन्द्र स्वभावले सोझो र मिलनसार थियो। इमान्दार र मेहनती थियो । साथीहरूको बकमफुस्रे कुरालाई उति महत्व दिदैनथ्यो। आफ्नो पढाइलाई प्राथमिकता राख्थ्यो। शिक्षकहरूलाई सम्मान गर्थ्यो।
वक्तृत्व प्रतियोगिता कार्यक्रम सुरु हुन लागेको थियो। नरेन्द्रले पनि बिन्ती गर्यो, ” लामो समय विद्यालय आउन नसक्दा मलाई जानकारी भएन । म पनि सहभागी हुन्छु।” पालैपालो सबै विद्यार्थीले विषयमाथि बोले।
कार्यक्रमको अन्तिममा निर्णायक मण्डलले नतिजा सुनाउने पालो आयो। सबैको मनमा प्रथम को हुन्छ ? भनेर उत्सुकता बढिरहेको थियो । बलवीर र धनवीर प्रफुल्लित भइरहेका देखिन्थे तर प्रथम भनेर नरेन्द्रको नाम घोषणा भयो ।
शिक्षकले उसलाई स्याबास दिँदै भन्नु भयो ,”कक्षामा मात्र होइन, आज अतिरिक्त क्रियाकलापमा पनि तिमीले आफ्नो दक्षता देखायौ ।
रणवीरले दुईजना छुद्र साथीहरुलाई भन्यो, “तिमीहरुले हेला गरेको नरेन्द्र त खुट्टाको अपाङ्ग हो तर तिमीहरू त दिमागका अपाङ्ग रहेछौ ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…