Categories: बाल कथा

अप्राकृतिक


कृष्णलाल शर्मा
जागीरोड, असम

आज अचानक दर्किरहेको भिषण झरीले मेरो आँगन छिद्र पार्दा हिलो बेस्सरी छर्दै थियो। त्यो देख्दा, म प्रकृतिप्रति साह्रै रुष्ट हुन थालेँ । किनकि हालैमा मैले मेरो आगन उच्चा पार्न नयाँ माटो हालेर सम्याएको थिएँ। तर ऐले आँगनमा घुँडासम्म हिलो कुल्चिनु पर्ने बाध्यता देखियो।
अब म अर्को प्रसँग हजुरहरू समक्ष पस्किन्छु। मेरो घरबाट अलिक टाढा रोपनी खेत छ। त्यहाँ भने पानी नपरेर खेत बाँझै छ।
त्यसकारण ऐले आकाशबाट परेको झरीलाई म मेरो मित्र होइन शत्रु ठान्दछु।
अलिबेरमा बारिस थामिन्छ । थामिने बित्तिकै मैले कोदालो समाउने तरखर गर्छु । किनकि म जस्ता परिश्रमी कृषकलाई पुनः सम्याउन गाह्रै पर्दैन । त्यसपछि म खेत हेर्न पुग्छु।
दुर्भाग्य, आजपनि मेरो रोपनी खेतमा एक थोपो पानी परेको रहेनछ। त्यो देख्दा म चिन्ताग्रस्त हुनु सिवाए बिकल्प रहेन। त्यतिखेर म आफूलाई प्रश्न गर्छु — हाम्रो बिरूवा रोप्ने, सराउने र फलाउने काम होइन र ? इमान्दार कृषकले सितैमा  वन जंगल मास्छ र ? मास्दैन। तर यो के भाको ? खण्डबृष्टिले कतै बाढी त कतै सुख्खा पार्दै छ । यो प्रकृतिको प्रकोप र महा प्रलयको प्रथम प्रतिक्रिया होइन र ..!!!!”
अलिबेरमा म लाचार बन्दै घर फर्किदै हुन्छु।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

20 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

20 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

20 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago