Categories: कविता

“युवा पलायन”


अम्बिका धिताल
काभ्रेपलाञ्चोक, हाल भक्तपुर

दिनदिनै हेर देशका युवा विदेश गए है
रुँदैछिन् आमा सन्तान आफ्नो देशमा छैनन् खै
रित्तियो गाउँ रित्तियो पाखो युवा छन् खाडिमा
भत्केको घर झाडीले छोप्यो गुँड छन् पालीमा।

युवाको बास काँ हुन्छ कुन्नि उडेको चरो झैँ
मुटुमा कम्पन बढ्दछ यहाँ भुकम्प गए झैँ
आर्जन गर्न हिँडेका युवा खाडीको घाममा
दुःख र कष्ट पसिना बेची तातो त्यो याममा।

बारीका पाटा बाँझै छन् यता पलाए काँडा नि
सुनौलो भोलि खोज्दै ती गए धेरै नै टाढा नि
हुने र खाने डिभी र पिआर बोकेर कुद्दै छन्
नहुने जति खाडीको देश पसिना पुछ्दै छन्।

चाड र पर्व आउँदा खेरि सम्झेर रुन्छ मन
आमाको काख बाबाको साथ सपना सयौँ छन्
कहिले होला फर्केर आउने आफ्नै यो देशमा
पसिना बगाइ खुसीले बाँच्ने नेपाली भेषमा।

ठाउँ छ नयाँ फरक छ धेरै रहन सहन
कसले देख्ने युवाको दुःख विदेशी क्रन्दन।
एयरपोर्टमा हेर्नुस् लाम छ लामो पासपोर्ट बोक्नेको
भाग्यलाई आफ्नो झोलामा कोची उडेका रोक्ने को ?

देशमै हुन्थ्यो धेरै नै राम्रो पसिना बगाए
नेपाली माटो सुन नै बन्थ्यो मन नै लगाए।
पलायन रोक्न सरकारले अब सोच्नु नै पर्दछ
युवा ती ताते देशमा अब सुन नै फल्दछ।

बुझाऊँ सबै युवालाई अब देशकै महिमा
पसिना सिन्ची युवाले अब बढाउँछन् गरिमा
उद्यम गरौँ स्वदेशमै बसौँ फर्केर आऊ न,
आफ्नै यो भूमि स्वर्ग झैँ सुन्दर मिलेर बनाउँ न।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago