महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
“आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस वर्षीय नातिलाई बिहान डुलाउन निस्केर घरभित्र पस्दै बृद्धले बुहारीलाई भने। “के गर्यो यसले ?” बुहारीले कौतूहलता देखाउँदै सोधिन्। “पहिले त पसलनेर पुगेपछि चिप्स खान्छु भन्न थाल्यो। मैले कति बुझाउन खोजेँ, चिप्सजस्ता जङ्क फुडले स्वास्थ्यमा पार्ने असर बताएँ।” “अनि ?” बुहारीले अरू कुरा सुन्ने उत्सुकता देखाइन्। “कत्ति गर्दा पनि मानेन। केही सीप नलागेपछि स्वास्थ्य बिग्रे पनि अरू बाहिरकालाई नराम्रो असर पर्दैन भनेर किनिदिएँ।” बृद्धले विस्तृत घटना सुनाए। “ए! यसले खायो त चिप्स ?” बुहारीले सोधिन्। “खानु मात्रै हो र ? त्यसपछि त हो नि यसले मलाई अबगाल पारेको।” बृद्धले मलिन स्वरमा भने। “फेरि के गर्यो र ?” बुहारीले बुझ्न खोजिन्। “खायो, खायो अनि त्यसको खोल फुत्त बाटोमा फाल्यो।” बृद्धले खल्तीबाट चिप्सको खोल निकालेर बुहारीलाई दिँदै भने। “ए! अनि ?” “सबै बाटो हिँड्ने बटुवाहरूले मलाई क्वारक्वार्ती हेर्न थाले।” बृद्धले अलिक झर्केर बोले। “हजुरले के गर्नुभयो त ?” बुहारीको प्रश्न आएपछि बृद्धले भने, “टिपेर खल्तीमा हालेँ नि। बेइज्जत त भइगयो।” बृद्धले अपसोच जनाए। “ए, त्यति हो ?” बुहारीले हल्का रूपमा लिँदै भनिन्। “लौ हेर! के भएकी तिमी पनि। समाजमा नराम्रो असर पार्ने कामलाई पनि हल्का रुपमा लिन्छन् त ?” बृद्धले बुहारी र नाति दुबैलाई सम्झाए।
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…
रञ्जुश्री पराजुली नाम त उसको मनोज हो तर घरमा सबै मायाले "लुरे " भनेर बोलाउँछन्…