Categories: बाल कथा

अब्बल


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“म सधैँ पढाइमा मेरिट भएँ तर .. !”- झग्गुले आफैसँग यत्ती भन्यो र गहिरो स्वास् फेर्दै सूइय्य सुस्केरा हाल्यो।
ऊ लाइनमा सबैभन्दा पछि उभ्भिएको थियो।
अरूका फाइल दलाल आफैँले सही छाप गराउँदै फटाफट् विदेश उडाउँने तरखरमा थिए।
“के भयो हजुर पनि छिट्टै गराउँन सक्नुहुन्छ।”- एउटा अपरिचित नजिकै आयो र सुस्तरी भन्यो।
“कसरी मलाई त कसैले पनि सोधेनन् त ? कसैसँग चिनजान पनि छैन।”- झग्गुले निरास हुँदै भन्यो।” चिनजान हुन सक्छ कत्ति गारो छैन।”-ऊ बोल्यो।
” कसरी ?”-झग्गुले सोध्यो।
” अब आयो असली लिगमा ।”-उसले मनमनै भन्यो। ” हजुरले चिन्ता नलिनु म सबै मिलाई दिन्छु।”- अपरिचितले आस्वासन दिँदैभन्यो।
“कृपया मिलाई बक्सियोस् न सर ! “-उसले प्रश्न गर्यो।
“यहाँ पढाइमा मेरिट भएर पुग्दैन। हजुर फिल्डव़र्कमा अब्बल हुनुपर्छ।”- अपरिचितले सुझायो।
“कस्तो फिल्डव़र्क ?”- झग्गु चिन्तामा पर्यो।
“अहिलेको अबस्था भनेको ट्याकटिक मिलाउँन सक्नुपर्छ।”- उसले हातको इसारा गर्दै भन्यो।
झग्गुले खल्तीमा हात हाल्यो । अपरिचितले फाइल च्याप्प छोप्यो।
“अब कसले भन्छ हजुर अब्बल हुँनुहुन्न ? “- ऊ खिसिक्क हाँस्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

21 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago