Categories: बाल कथा

“फरक”


गंगाराम ढकाल

बिनोद धनी बाउको छोरो साईकल चढेर स्कुल जान्थ्यो । क्यान्टिनमा दुईचार जना साथीहरु सँग नास्ता खान्थ्यो । ठूलै सान र अहमताले हिड्ने गर्थ्यो । सबैले भन्थे “बिनोद जी नमस्कार” । परीक्षामा चिट चोराउने केटाहरु राखेर बाहिरबाट फुत्त चिट मागेर लेख्थ्यो र पास हुन्थ्यो ।
दिपेस गरिब बाउको छोरो चप्पल रसिले गाँसेर लाउथ्यो । खुबै मेहनत गरेर पढ्थ्यो । कक्षामा उत्कृष्ट नम्बर ल्याउथ्यो । कापीकलम हिफाजत गरेर लेख्नु पर्थ्यो उसलाई ।
बिनोदले सधैँ गिज्याउथ्यो दिपेसलाई । “ए पढन्दास, के छ खबर ? तैले पढेर काम छैन । पढे पनि हाम्रो सेवा गर्ने हो । नपढे पनि हलो जोत्न दिउँला । बरु मेरो सेवा गरिराख ।” दिपेस खासै रिसाउथेन, भन्थ्यो, ” भै हाल्छ नि ।”
बाबुको जग्गा जमिन बेचेर खाईसक्यो बिनोदले । जागिर पनि पाएन । खल्ती खाली भयो । हिजो नमस्कार गर्ने सबै टाढिए । एकदिन बाटोमा ऊ थोत्रो साईकल डोर्याउँदै थियो । दिपेशले गाडी रोक्यो । पछाडि सेक्युरिटी पुलिसहरु झ्यापझुप आएर दिपेशको सुरक्षामा वरिपरि घेरिए । बिनोद डराएर हेर्दैथियो । गाडीको सिसा खोलेर दिपेशले सोध्यो ।
“के छ बिनोद खबर ?”
“ओहो ! तिमी दिपेस ! यो कसरी ? अचम्म मान्दै भन्यो ।
“म जिल्लामा सिडियो भएर सेवा गर्न आएको । तिमीले भन्या हैन, सेवा गर्दै राख्नु भनेर । फरक तिमी उहीँ थोत्रो साईकलमा,, म सुरक्षा कर्मी सहित सरकारी गाडिमा।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

19 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago