Categories: बाल कथा

“अमानवीय”

तुलसी पण्डित

मामाको घर जादा अचम्म भो । मामाको छोरो आँखा झिम्काउदै उनलाई कर्के नजरले हेर्दै मुस्कुरायो ।
आमा र मामाको बिचमा एकान्तमा खासखुस कुराकानी चलिरहेको थियो । उनले ध्यान दिएर सुनिन् । मामा भन्दै थिए । “दुबैको उमेर भयो ।”
आमा भन्दै हुनुहुन्थ्यो । “पखन न आत्तिय । अहिले ऊ नौ कक्षामा पढ्दै छ । अर्को साल बिचार गरौंला । उसले पढ्न मन गरेकी छ ।”


“हजुरले न माने पनि यो हाम्रो अधिकार हो । यसैलाई आधार मानेर काम गरिन्छ ।”
मनुका मनमा नाना शङ्का उपशङ्का जन्मिए । भोलिपल्ट उज्यालो भयो । दुबै जना घर फर्के ।
मनु स्कुल गइन् । उनले साथीहरूलाई आफ्नो समस्या राखिन् । “जून बेला पनि घटना घट्न सक्ने भएकोले सजग रहन आग्रह गरिन् । ” साथीहरुले भने ।
“पखन यो जबर्जस्त गर्ने काम भयो भने हामी राम्रै स्वाद चखाउने छौँ ।”
अर्को दिन चारपाँच जना केटाहरू मनुको कक्षा खोज्दै स्कूलमा आए । गुरु कक्षामा पढाइ रहनु भएको थियो । उनीहरु केही न सोधी कक्षामा पसे । त्यसपछि मनुलाई च्याँप्पै समातेर घिसार्न थाले ।
साथीहरु जर्याकजुरुक उठेर उनीहरुलाई पिट्न थाले । सबैले केटाहरूलाई समातेर हात पछाडि लगेर बाँधे ।
साथीहरुले भने ।
“यो जबरजस्ती किन ?”
एक केटोले अगाडि सर्दै भन्यो ।
“ऊ मेरी फूपूकी छोरी हो । हाम्रो फूपू चेलो मामा चेली विवाहको लागि चल्छ । यो चल्ने मात्र हैन यो हाम्रो सामाजिक अधिकार हो । त्यसैले मैले उनी सँग विवाह गर्ने चाहना राखे ।”
मनु अगाडि आइन् । उनले मामाको छोराको मुख भरी थुक्दै भनिन् ।
“सामाजिक अधिकार हो भन्दैमा यो अमानवीय ब्यावहार अब सहन सकिदैन बुझ्यौ ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

4 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago