“मिठो फल लिची”

दुर्गा पौड्याल
शंकरनगर रुपन्देही

मेरो गोठ को छेउमा
लिचीको एउटा बोट छ
फागुन चैतमा फुलेर
जेठ महिनामा पाक्दछ।

बोटमा लिची पाकेको
देखेर सबै लोभिन्छन्
चरा माहुरी कमिला
सबै लिचीमा झुम्मिन्छन्।

चराले दाना ठुगेर
लिचीमा प्वाल पार्दछ
त्यही प्वालबाट माहुरीले
रस चुसी लिंदछ।

चुहेको गुलियो रसमा
कमिला ताँती लाग्दछन्
आहारा आफ्ना लिएर
सबै पर भाग्दछन्।

बाहिरी बोक्रा खोलेर
लिची खानु पर्दछ
बिचको गुदी चुसेर
गुठुली फाल्नु पर्दछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago