Categories: बाल कथा

“अर्ती”


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

‘यो रकम हजुरको छोराको पढाइको लागि हो ।’ हेडसर भन्दै थिए ।’ यो छात्रवृत्तिको पैसाले छोरालाई कापी, कलम, किताब, झोला के के चाहिन्छ त्यही किन्दिनु होला है ? ल सही गर्नुस् त!’
‘हस् सर !’ यति भनेर उसले छोरालाई पनि बोलायो र भन्यो -‘ल छोरा आइज तँ पनि ! हेडसरले भनेको ठाउँमा तँ पनि सही गर् ।’ सही गराइसकेपछि उसले छोरालाई तुरुन्तै कक्षामा पढ्न पठायो।
बेलुकी घर पुगेर बुढीलाई मासुको पोको थमायो -‘ला बुढी आज मुख फेर्नुपर्यो । यो गिरिराजको भुटुवा तयार भएपछि मलाई दुई तीन पिस चखा है?’ छोरालाई पनि बोलाएर एउटा बिस्कुट र कापी दिँदै भन्यो -‘ ल राम्ररी पढ्नू , जे पायो त्यही नगर्नू, पढाइमा ध्यान दिनू !’
उसको अर्डरबमोजिमको खाद्य बुढीले टक्र्याई । छोरो पढाइमा व्यस्त थियो । बुढी भान्सामा व्यस्त भई अनि आफैँले भान्छामा गएर गिलास लिएर आयो, लुकाएर ल्याएको जिनिस फोर्यो र एकछिनपछि छोरालाई बोलाएर नसाको तालमा बर्बराउन थाल्यो -‘हेडसरले राम्ररी पढ्नू भनेका छन् । जहाँ पायो त्यहीँ नजानू, जे पायो त्यही नखानू ! कुरा राम्ररी बुझिस् नि ?’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago