Categories: बाल कथा

सम्पत्तिको गति

मोक्ष खतिवडा
बुद्धशान्ति-६ शान्तिनगर झापा

धनिराम दाइ गाउँकै हुनेखाने सम्पन्न मान्छे । जमाना अनुसार खेती साथै घरमा काम सघाउने कामदार राखेर बस्थे । उनका एक छोरो र एक छोरी गाउँका उभन्दा निम्न आर्थिक अवस्था भएकाहरू ऋण माग्न आउने गर्थे । प्रायः मान्छे रित्तो फर्कंन्थे। सिरान घरे ठूलेको छोरो मोहन र धनिराम दाइको छोरा श्याम कक्षा १२ मासँग सँगै पढ्थे । श्यामको पढाइको लागि ठुलै रकम खर्चन्थे ! श्याम पढाईमा अलि कमजोर थियो । एकदिन श्यामले बुवासँग मलाई स्कूलमा विज्ञानको सामाग्री किन्न चाहिएको भन्दै पच्चिस सय रुपैयाँ माग्यो।
जब पैसा भेट्‌यो स्कूल नै आइ नपुग्दै साथी मोहनलाई भन्यो ” ओ मोहन जाऊँ आज फिल्म हेर्न पैसा जति चाहिए पनि म बेहोर्छु। ”  मोहन पढाईमा अब्बल थियो, पढाइको लोभ गर्थ्यो । जान नखोज्दा पनि जबर्जस्त लिएरै गयो।बिचरा सिरान घरे ठुले मोहनलाई दिनभरी अर्काको श्रम बेचेर पैसा जुटाउनु पर्थ्यो । श्याम दिनहुँ जसो नै स्कुल आउने बहानामा कहिले कता कहिले कता डुल्दै र बेलुका घर फर्कन्थ्यो । मोहन राम्रो ग्रेड ल्याएर १२ उतीर्ण भयो । श्याम भने परीक्षामा सामेल नै भएन । श्यामकी बहिनी पनि दश कक्षा पढ्दा पढ्दै घरमै बसेको कामदार टिपेर बाटो लागेकी थिई । मोहनले उच्च शिक्षा पनि राम्रो सँग गर्यो र ऊ अहिले एउटा बैङ्कको राम्रो जागिर खाँदैछ। धनिराम दाइको छोरो श्याम भने कुलतमा लागेर यति धेरै बिग्र्यो । सबै सम्पत्ति नै रित्याई दियो । धनिरामले गाउँमा कतै मुख देखाइसक्नु भएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

10 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

11 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago