Categories: कविता

“अलकापुरि”

(सभक्ति आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता)

भगवती प्रसाद शर्मा
खोटाङ

छन्द:- तोटक

कतिमा दुख छन् कतिमा सुख छन्
कतिका धन छन् कतिका जन छन्
तर चल्छ यही नगरी कसरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

उहिले कवि भानु पुगे किन हो।
अहिले कवि ज्ञानु पुगे किन हो।
चपला अबला पनि छन् बिचरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

 

कति छन् पतला कति डम्म हुने।
कति छन् सुकिला कति रुग्ण रुँने।
दुनियाँ किन बेगल भो यसरी!?
अलकापुरि! कान्तिपुरी नगरी।।

बस बाइक मानिस झन् कति छन्।
घर झन् दरबार सरी कति छन्
कसरी अब थेग्छ धुलो नगरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

किन जीर्ण लुगा चिथरा चिथरा।
किन तुच्छ कुरा छिचरा छिचरा।
किन मानिस बन्छ दुखी बिचरा।
किन नित्य उही नगरा नगरा।।

कति रोग बढे अनि पागल छन्।
कति ता धनले पनि पागल छन्
नकली सकली म चिनौं कसरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

कुन सभ्य यहाँ कुन भव्य यहाँ।
कुन गन्ध सुगन्ध नवीन कहाँ।
छ कठोर नसोध यहाँ त्यसरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

सब कुद्न हतार थिए किन हो।
सब उड्न हतार भए किन हो।
घर छोड्न तयार सबै कसरी।
अलकापुरि! कान्तिपुरी नगरी।।

दिउँसो सब हेर्न हतार भए।
जब साँझ पर्यो रवि डुब्न गए।
सपना बिपना अलमल्ल भएँ।
न त भानु थिए न त भेट दिए।।

पर एकल सालिक मात्र थियो।
करभित्र छ पुष्प झुकेर दियो।
अति याद भयो मन पुक्क भयो।
यहीँ रात बिते कवि मख्ख भयो।।

कवि बन्न कहाँ सजिलो छ यहाँ।
अलकापुरि!हो गहिरो छ जहाँ।
अझ भानुसँगै गफ होस् कसरी।
<अलकापुरि! कान्तिपुरी नगरी।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

20 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

20 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago